No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाः ६७ औँ प्रहरी दिवस कति र को–को सम्मानित ?

दार्चुला । देशभर जस्तै दार्चुलामा पनि ६७ औँ प्रहरी दिवस मनाईएको छ । वि.सं २०१२ सालमा स्थापित नेपाल प्रहरीले आज आफ्नो ६७ औ स्थापना दिवस मनाएको छ । दार्चुलालगायत देशैभरका प्रहरी इकाईहरुले विविध कार्यक्रम गरी दिवस मनाएका हुन् ।

pm office

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तर्कराज पाण्डेयले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले विभिन्न व्यक्ति, प्रहरी कर्मचारी र सहिद परिवारलाई सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक राजेश शाहीसहित ३ जना प्रहरी कर्मचारी सम्मानित भएको प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए ।

सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक राजेश शाही, सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरका प्रहरी सहायक निरीक्षक दान बहादुर साउँद र प्रहरी जवान रोहित कुमार रोकाया रहेका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा आयोजित एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले उनीहरुलाई प्रमाणपत्रसहित सम्मानित गरेका हुन् ।

यस्तै कर्तव्य पालनका सिलसिलामा अमरत्व प्राप्त गर्ने १४ सहिद परिवारलाई सम्मान गरिएको छ । नेपाल प्रहरीमा कर्तव्यको सिलसिलामा निधन भएका अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गरि परिवारलाई कदर पत्र दिएर सम्मान गरिएको प्रहरी प्रमुख पाण्डेयले बताए । साथै ९० वर्षीय भुतपूर्व प्रहरी जवान दिलानन्द बडूलाईसमेत सम्मान गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.