No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर नगरको आयोजनामा ‘सुदूर स्वास्थ्य निदान पालिका स्तरिय बृहत स्वास्थ्य शिविर’ उद्घाटन

गोकुलेश्वर । दार्चुलामा यहीँ असोज ३० गते देखि कार्तिक ४ गते सम्म संचालन हुने सुदूर स्वास्थ्य निदान पालिका स्तरिय बृहत स्वास्थ्य शिविरको उद्घाटन गरिएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिकाको आयोजना तथा युथ भोलिन्टर ग्रुपको संयोजन र बिर अस्पत्तालको प्राविधिक सहयोगमा नगरपालिकाको केन्द्र गोकुलेश्वरमा उद्घाटन कार्यक्रमका प्रमुख अथिती शैल्यशिखर नगरपालिकाका मेयर बिजयसिंह धामीले सुदूर स्वास्थ्य निदान पालिका स्तरिय बृहत स्वास्थ्य शिविरको ब्यानर पढि उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै शिविरका संयोजक दिवानसिह धामीले भने–‘संबिधानले स्वास्थ्यलाई समान पहुँच र निशुल्क बनाउने मौलिक हकको रुपमा राखे पनि देशको भौगोलिक बिकटता, स्वास्थ्य उपकरणको अभाव, स्वास्थ्य जनशक्तिको अभावकै कारण सबैठाउँमा पहुँच र निशुल्क गर्न नसकिएको अवस्थामा स्थानिय स्तरबाट पहुँच भए जनसमुदाय सम्म पुर्याउन सकिन्छ भन्ने उदेश्यका निम्ति हामीले उक्त कार्यक्रमलाई संचालन गर्न समन्वय गरेका हौँ’ ।

pm office

यहाँबाट टाढा गएर बिशेषज्ञ डक्टरहरुसंगको पहुँचमा पुग्न नसकेको समुदाय स्तरमा स्वास्थ्यको परामर्श दिन र स्थानिय स्तरमै बिरामीहरुको रोग पत्ता लगाएर कुनै गम्भिर खालका बिरामी, आर्थिक अवस्था कमजोर भई उपचार गर्न नपाएका बिरामीहरुलाई आर्थिक भार नपर्ने गरी बीर अस्पत्तालको सेवा दिने उदेश्य रहेको संयोजक धामीले बताए ।

जिल्लाको शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा आजदेखि (असोज ३० र ३१ गते), मालिकार्जुन गाउँपालिकाको केन्द्र शंकरपुर, पस्तीमा (कार्तिक १ र २ गते) र महाकाली नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम खलंगामा (कार्तिक ३ र ४ गते) विषेशज्ञ चिकित्सकहरूबाट उपचार तथा परामर्श दिईने छ । वरिष्ठ हाड जोर्नि तथा नसा रोग सम्बन्धि विषेशज्ञ डा. बिजय गुरुङ, महिला प्रजनन तथा स्त्रीरोग विषेशज्ञ डा. केसब आचार्य, मानसिक रोग विषेशज्ञ डा. ईश्वरी खनाल, जनरल एन्ड प्लास्टिक सर्जन डा. निरन महर्जन र फिजियोथेरापिस्ट डा. धनेन्द्र नाथले सेवा दिने जनाईएको छ ।

उद्घाटन कार्यक्रममा बिभिन्न राजनितीक दल, जनप्रतिनीधि लगायत सरोकारवाला सबैको उपस्थिती रहेको थियो । शैल्यशिखर नगरपालिका स्वास्थ्य शाखा संयोजक शिवराज जोशीले उक्त कार्यक्रम संचालन गर्नुभएको थियो ।

उपचार तथा परामर्श निशुल्क गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.