No.1 News Portal from Sudurpashchim Province
bajaj

निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा भव्य रुपमा सम्पन्न

गोकुलेश्वर । महासप्तमीका दिनदेखि शुरु भएको बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशुबलि सहित जात्रा आज भव्य रुपमा सम्पन्न भएको छ ।

pm office

राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको निङ्गलाशैनी भगवती मन्दिरमा भाकल अनुसार मन्दिरमा ३ सय बढी राँगा र ३ सय बोकाको बलि दिइएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु आउने गरेका छन् । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.