No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर बजार सुनसान

गोकुलेश्वर । नेपालीहरुको महान चाड बिजया दशमी मुखमै पुगिसकेको यो समयमा दार्चुृलाको दोस्रो ठुलो बजार, दार्चुला बैतडीको सीमा, शैल्यशिखर नगरपालिकाको केन्द्र समेत रहेको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेशवर बजार निकै सुनसान छ ।

पहिला पहिला बर्षमा एक पटक मात्रै लुगाकपडा किन्ने र दशै आउन एक महिना पहिले देखी यस बर्ष कस्तो लुगा लगाउने, कस्तो किन्ने भनेर परिवारीक छलफल हुन्थ्यो । दशैंमा खसी बोका देखि लत्ताकपडा, सवारी साधन सम्मको विक्रीमा ग्रहाकलाई छुटको समेत ब्यवस्था मिलाइएको हुन्छ ।

आज दशैको सातौँ दिन । व्यापार व्यवसाय गर्नेहरुका लागि योे सिजन सबैभन्दा ठूला हो । यस बेला ब्यापारीहरु निकै ब्यस्त हुने गर्दछन् तर गोकुले बजारका ब्यापारीहरु भने यो बेला पनि निकै फुर्सदिला देखिएका छन् । गोकुले बजारमा मानिसहरुको चहलपहल निकै घटेकोले ब्यापार भने बढ्न नसकेको ब्यापारीहरु बताउँदछन् ।

pm office

रेडियो चौलानी टुडेले तत्काल बजारको अवस्था बुझ्दा !

‘धनगढी, महेन्द्रनगर, काठमाण्डौँ लगायत अन्य ठाउँबाट आउने सवारी साधन खसगरी बसहरु निकै भरिभराउ देखिन्छन् । यहाँबाट तराईका लागि छुटेका बसहरु भने रित्तै देखिन्छन् । बजारमा मानिसहरुको केहि चहलपहल देखिन्छ । गोकुलेश्वर चोकमा थुप्रै मानिसहरु आ आफ्नो गन्तब्य तर्फ लागिरहेका देखिन्छन् । बेलुकीपख केहि भिडभाड बढेपनि बजारमा रहेको पसलहरु भने सुनसान जस्तै हुन्छन् । अन्य दिन खुबै ब्यस्त देखिने ब्यापारीहरु अहिले फुर्सदिला देखिन्छन्‘ ।

अन्य चार्डपर्व भन्दा केहि फरक तरिकाले मनाइदै आएको दशैमा नयाँ लुगाहरु लगाउने, खासगरी खसीको मासु खाने, आफन्त–साथीभाईहरु रमाईलो गर्ने चाडका रुपमा दशैँ निकै परिचित छ ।

विगतका वर्षमा घटनास्थापनाको एक महिना अघिदेखि गोकुलेश्वरमा खुबै चहलपहल बढ्ने गर्दथ्यो । तर, यसपटक घटनास्थापना आउन एक साता पनि बाँकी नहुँदासमेत कुनै चहलपहल देखिएको थिएन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.