No.1 News Portal from Sudurpashchim Province
bajaj

अन्तर्राष्ट्रिय जेष्ट नागरिक दिवस दार्चुलामा पनि मनाईयो, ओम शान्ती बृद्धाश्रमका बृद्धबृद्धालाई सम्मान

गोकुलेश्वर । ‘जेष्ट नागरिकको सम्मान र योगदानको कदर गरौँ’ मुल नारा सहित दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर स्थित रहेको ओम शान्ती बृद्धाश्रममा रहेका जेष्ट नागरीकलाई फलफुल बितरण गरि अन्तर्राष्ट्रिय जेष्ट नागरीक दिवस मनाईएको छ ।

३२ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । ओम शान्ती बृद्धाश्रममा बस्ने ५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको उक्त बृद्धाश्रमका अध्यक्ष उत्तम समउँदले सेतिकालीलाई बताए ।

कार्यक्रममा वृद्धहरुलाई फलफूल वितरण गरी सम्मान गरिएको हो । सम्मानित हुनेमा उक्त बृद्धाश्रममा बस्दै आएका जिल्लाको लेकम गाउँपालिका–५ ओडीगाउँका अन्दाजी ६० बर्षीय नरे गिरी, शैल्यशिखर नगरपालिका–५ आगरका अन्दाजी ७० बर्षीय गौमती डाँगा, लेकम गाउँपालिका–६ गणेतका अन्दाजी ७२ बर्षीय रेवती सार्की, बैतडीको डिलाशैनी गाउँपालिका–६ नेगाउँका अन्दाजी ६५ बर्षीय गौरा माल र दोगडाकेदार गाउँपालिका–६ बिटकमका अन्दाजी ४० बर्षीय राजमती ऐरी लगायत एक स्थानिय गौर सिंह बिष्ट लाई सम्मान गरिएको हो ।

pm office

कार्यक्रममा बोल्दै ओम शान्ती बृद्धाश्रका अध्यक्ष उत्तम साउँदले जेष्ठ नागरिकको अधिकार प्राप्तिका लागि आवश्यक सहयोग र पहल भईरहेको बताएका छन् । जेष्ठ नागरिक तिरस्कृत हुने अवस्था आए खबर गर्न आग्रह गर्दै परिवार तथा समाजबाट अपमान अथवा हेरचाह नभए ओम शान्ती बृद्धाश्रमले आवश्यक सहयोग गर्ने छ” उनले भने ।

यस्तै, बृद्धाश्रमका उपाध्यक्ष पुर्ण बहादुर साउँदले भने– ‘बृद्धबृद्धाको अवस्था प्रति बृद्धाश्रम, राज्य, परिवार लगायतले यस क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्था सबै संवेदनशील भई बृद्धबृद्धाहरुलाई समूचित सुविधा उपलब्ध हुने प्रबन्ध गर्न र माया, स्नेह र सम्मान प्रदान गर्न क्रियाशिल भईरहने र यसको लागि यस क्षेत्रमा कार्यरत सरोकारवालाहरु सबै निकाय बीच समन्वयात्मक वातावरणको विकास हुनु नितान्त जरुरी छ । यस्ता प्रयासबाट सबै मिलेर काम गर्दा समाजमा बृद्धबृद्धा प्रति सम्मानको भावना जागृत गर्न र उनीहरुमा आत्मबल पैदा गर्न ठूलो मद्धत पुगी उनीहरुमा हौसला र जागरको सुमधुर वातावरणको सृजना हुन जान्छ’ उनले भने ।

ओम शान्ती बृद्धाश्रमको हलमा संचालन भएको अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रममा स्थानिय जेष्ठ नागरिक र पत्रकारहरुको सहभागिता रहेको थियो ।

ओम शान्ती बृद्धाश्रम बि.सं २०६६ सालमा स्थापना भएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.