गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकलेश्वरमा अत्याधुनिक सुविधा सम्पन्न पोलिक्लिनिक सञ्चालनमा आएको छ ।
अत्याधुनिक प्रबिधी तथा अनुभवी चिकित्सकद्धारा उपचार गरिने पोलिक्लिनिक सञ्चालक मनोजसिंह महराले जानकारी दिए ।

शुक्रबार (आज) शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामी, उप प्रमुख शान्ति खडायत, जनप्रतिनिधी, बिभिन्न राजनितीक दल, व्यवसायी, स्वास्थ्यकर्मी लयायतको उपस्थितीमा पालिक्लिनिकको उद्घाटन भएको छ ।
पोलिक्लिनकमा चिकित्सक १ जना, स्टाफ नर्स १ जना, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मासिस्ट, अ.हे.ब १÷१ जना तथा २ जना स्वीपर सहित ८ जना स्वास्थ्यकर्मीले सेवा दिने र केही दिनमै एमबिबीस डाक्टर समेत आईपुग्ने बताए ।
उक्त पोलिक्लिनिक संचालनमा आएपछि अल्ट्रासाउण्ड, एक्सरे, इसिजी, मुटुका रोगी, किड्नीका बिरामी जाँच लगायत थाइराइडका बिरामीले टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ ।
१ करोड ५० लाख लगानीमा शैल्यशिखर पोलिक्लिनिक सञ्चालन गरिएको पोलिक्लिनिक सञ्चालक महराले बताए ।



