No.1 News Portal from Sudurpashchim Province
bajaj

शुभकामना आदानप्रदान तथा जनगुनासो सुन्दै अपिहिमालका अध्यक्ष बोहरा

गोकुलेश्वर । दार्चुलाको बिकट क्षेत्रका रुपमा मानिने अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा दशैँ तथा दिपावलीको शुभकामना आदान प्रदान गर्न र जनताहरुको गुनासो सुन्न टोलटोलमा पुगिरहेका छन् ।

           अध्यक्ष बोहराले शुभकामना आदान प्रदान गर्ने, जनाताहरुका गुनासा सुन्ने र जनताको गुनासाहरुको सुनुवाईकोलागि पहल गर्ने रेडियो चौलानी टुडेको चौलानी बहसमा पत्रकार अंकित कुँवर संग भनेका थिए ।

           उनले भने–‘जनाताहरुले मलाई चुनिसकेपछि मैले जनाताको समस्या समाधान गर्न सक्नुपर्दछ र मेरो प्रयास निरन्तर रहिरहने छ । गाउँमा खानेपानी आयोजना सञ्चालन, उपभोक्ता समिति गठन, बेरोजगार युवाहरलाई रोजागारीको ब्यवस्था, वडाहरुमा न्यायिक समिती गठन, कृषकहरुका लागि समेत बिशेष ब्यवस्था गरिदिने ‘मुहानमा पानी छ, आयोजना गाउँमा पु¥याउने जहाँका सर्वसाधारण काकाकुल भएका छन्, यहाँको विपन्न समुदाय खानेपानी अभाव झेल्न बाध्य छ ।’ लगायतका बिभिन्न बिकास निर्माणका योजनाहरुलाई प्रथमिकता दिए ।

pm office

                 ‘गाउँमै सिंहदरवार’को रटान लगाइरहेका स्थानीयहरुका समस्या समाधान गर्ने निवर्तमानसरकारले ध्यान पु¥याउन नसकेका दूरदराजका बासिन्दा अहिले पनि आधारभूत सेवाबाट वञ्चित हुन नदिने, हरेक वर्ष विकास बजेटको रकम विकासकै नाममा खर्च गर्ने, नागरिकले अहिले पनि सरकार सामु खानेपानी, बाटो, बिजुली, विद्यालय, स्वास्थ्य चौकीकै माग गरिरहनुपरेको यथार्थता अपीहिमाल गाउँपालिकामै रहेको र उक्त समस्याको समाधान गर्ने समेत चौलानी बहसमा सुनाए ।

                 अपिहिमाल गाउँपालिकाले अहिले संचालन गरेको शुभकामना आदानप्रदान कार्यक्रममा जनताहरुसँग अध्यक्ष कार्यक्रम जस्तै भएको छ । उक्त कार्यक्रममा सहभागी भईसर्वसाधारणले खुला रूपमा आफ्ना गुनासा राख्न समेत अध्यक्ष बोहराले अग्रह गरे ।

               उनले सबै वडाका नागरिकसँग छलफल गरेपछि गाउँपालिकाले आफ्ना योजना, कार्यक्रमको कार्यान्वयनमा आएका सुझावअनुसार सुधार गर्दै अघि बढ्ने उद्देश्य रहेको बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.