गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिकाले डेंगु संक्रमण नियन्त्रणका लागि अभियानको सुरुवात गरेको छ । नगर जनस्वास्थ्य शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय दार्चुलाको सहजीकरणमा उक्त कार्यको सुरुवात गरिएको स्वास्थ्य शाखा संयोजक शिवराज जोशीले बताए ।

डेंगुको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाले विशेष कदम चाल्न आवस्यक रहेको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजयसिंह धामीले सेतिकालीलाई बताए ।
पछिल्लो समय तराईका जिलला जस्तै पहाडी जिल्ला दार्चुलामा पनि डेंगु संक्रमित देखिएका छन् । अहिलेसम्म दार्चुलामा डेंगु संक्रमणका कारण एक जनाको ज्यान गएको छ ।



