गोकुलेश्वर । जिल्लाकोे मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ तिम्ला जाँदै गरेको जीप दुर्घटना भएको खबर प्राप्त भएको छ ।

अपिहिमाल गाउँपालिका–५ तिम्लामा २३३ नम्बरको जीप खसेको प्रारम्भिक खबर आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता जगत गाहा मगरले बताए ।
जीप सडकबाट लगभग २ सय मिटर तल खसेको छ । घटनाको क्षतिबारे जानकारी आएको छैन । घटनास्थलमा सहयोग तथा उद्धार गर्न जनप्रतिनिधिहरु, नेपाल प्रहरी, नजिक बस्तीका स्थानियहरुलाई अनुरोध गरिएकोे छ ।
जीप ब्रेकफेल भई दुर्घटना भएको अनुमान गरिएको छ ।



