No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर नगरपालिकाले विविध कार्यक्रम गरी संविधान दिवस मनाउँदै

गोकुलेश्वर। आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिकाले विविध कार्यक्रम गरेर आज संविधान दिवस मनाइँदैछ ।

बिहान १० बजे नगरपालिकाको कार्यालयबाट बाजागाजासहित नगरप्रमुख विजयसिंह धामी लगायत नौ वटै वडा अध्यक्ष,जनप्रतिनिधि,सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरु, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा सुरक्षाकर्मी प्रभात फेरीमा सहभागि भएका थिए ।

pm office

प्रभात फेरीमा ¥याली गोकुलेश्वर बजारको परिक्रमा गरी नगरपालिकाको कार्यालयको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नगरप्रमुख धामीले अहिलेको संविधान नेपाली जनताको भावना अनुसार उत्कृष्ट संविधान भएकोले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुका साथै संविधानले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई अधिकार सम्पन्न बनाएको हुँदा यसलाई उत्सबको रुपमा मनाउनुपर्ने कुरामा जोड दिए ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.