No.1 News Portal from Sudurpashchim Province
bajaj

घरदैलोमा आँखा शिविर : दोस्रो दिन आज ४ सय ४२ जनाले सेवा लिए

६५ जनाको आँखाको शल्यक्रिया

गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वर माबिमा नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र शैल्यशिखर नगरपालिकाको सहकार्यमा शनिबार देखि आँखा शिविर सञ्चालन भइरहेको छ ।

शिविरमा सेवा दिनका लागि इस्मत अधिकारी नेतृत्वमा १५ जनाको टोली गोकुलेश्वरमा छ ।

pm office

शिविरको दोस्रो दिन आइतबार (आज) २ सय २८ पुरुष र २ सय १४ महिला गरी ४ सय ४२ जनाले सेवा लिएका छन् ।

यस्तै शिविरमा ३४ पुरुष र ३१ जना महिला गरी ६५ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

गोकुलेश्वर माबिमा भदौ २५ गतेदेखि सञ्चालन भएको शिविर भोली २७ गतेसम्म सञ्चालन हुनेछ ।

शिविरमा मोतिविन्दु लगायतका आँखा सम्बन्धि रोगको निःशुल्क शल्यक्रिया तथा औषधि उपचार, चश्माको आवश्यकता भएका विरामीलाई सुपथ मुल्यमा चश्मा उपलब्ध भइरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.