No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा डेंगुबाट ५ वर्षीया बालिकाको मृत्यु

दार्चुला। जिल्लामा डेंगुबाट ५ वर्षीय बालिकाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका—४ हुनैनाथकी उषा धामीको मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिए ।

उनलाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको तथा भदौ २० गते जिल्ला अस्पताल दार्चुला लगेर चेकजाँच गर्दा डेंगु र स्क्रबटाइफसको संक्रमण देखापरेको उनले बताए ।

pm office

जिल्ला अस्पतालमा चेकजाँच गर्दा बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिना साथ अस्पताल भर्ना गरेर उपचार गर्ने सुझाव दिएको तथा आफन्तहरुले भर्ना गरेर उपचार गर्न नमानेको अस्पतालले जनाएको छ ।

आफन्तहरुले अन्य ठूलो अस्पताल लग्छौ भनेर बालिकालाई अस्पताल नलगि पुनः घरमै लगेको जानकारी प्राप्त भएको छ । घरमा ज्वरोले झन च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार भइरहेको अवस्थामा आज विहान ५ बजेतिर उनको मृत्यु भएको हो ।

जिल्लामा हालसम्म ३९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । महाकाली नगरपालिकाका २७,मालिकार्जुन गाउँपालिकाका ३, अपिहिमाल गाउँपालिकाका २ जनामा डेंगुको संक्रमण देखिएको छ ।

यस्तै नौगाड गाउँपालिकाका २,दुहुँ गाउँपालिकाका ३ र व्याँस गाउँपालिकाका २ जनामा डेंगु रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.