गोकुलेश्वर । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता दिपक खातीले एमालेको स्वाद चाखेका छन् । शुक्रवार जिल्ला सदरमुकाम खलंगामा आयोजित नेकपा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा खातीले एमाले प्रवेश गरेका थिए । खाती २४ घण्टा नवित्दै पुनः कांग्रेसमै फर्किएका हुन् ।


मिति २०७९ भदौ १६ गतेदेखि नेकपा एमालेका केही कार्यकर्ताहरुले परिबन्धमा पारेको तथा स्थानीय तह निर्वाचन २०७९ मा काँग्रेसले हार व्यवहोरे पछि आफूलाई पार्टीबाट अनावश्यक मानसिक तनाव खेपेको कुरा समेटी नेता खातीले एमाले पार्टी परित्याग गरेको विज्ञप्ती मार्फत जनाएका छन् ।



