No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा एसइइ ग्रेड वृद्धिका लागि कहाँ र कति परीक्षा केन्द्र ?

गोकुलेश्वर । एसइइको ग्रेड वृद्धिका परीक्षा यहि भदौ ११ र १२ गते हुँदैछन् । मालिकार्जुन नमुना मावि धाप, छन्ना तिंकरी कन्या मावि खलंगा, महेन्द्र नमुना मावि खलंगा क, महेन्द्र नमुना मावि खलंगा ख र महेन्द्र नमुना मावि खलंगा ग केन्द्र गरी दार्चुलामा ग्रेड वृद्धिका लागि ५ ओटा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका कार्यालय प्रमुख जय राज पन्तले जानकारी दिनु भएको छ ।

pm office

उनका अनुसार मालिकार्जुन नमुना मावि धापमा महाकाली नगरपालिकाका सम्पुर्ण ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीहरु, छन्ना तिंकरी कन्या मावि खलंगाबाट शैल्यशिखर नगरपालिकाका परीक्षार्थी, महेन्द्र नमुना मावि खलंगा क,केन्द्रबाट व्याँस, मार्मा र लेकम गाउँपालिकाका परीक्षार्थीहरु, महेन्द्र नमुना मावि खलंगा कै ख केन्द्रबाट नौगाड दुहुँ अपि हिमाल गाउँपालिकाका सम्पुर्ण र महेन्द्र नमुना मावि खलंगा कै ग केन्द्रबाट मालिकार्जुन गाउँपालिकाका परीक्षार्थीहरुले परीक्षा दिन पाउने छन्

जिल्लामा यो वर्ष १ हजार ९ जना छात्र तथा १ हजार ६६ जना छात्रागरी जम्मा २ हजार ७५ जना विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षा दिने छन् । परीक्षा विहान ८ बजे देखि संञ्चालन हुने छ । एक मात्र विषयको ग्रेड वृद्धि गर्नेको ११ गते र एक विषय भन्दा बढी विषयको ग्रेड वृद्धि गर्ने विद्यार्थीको परीक्षा ११ र १२ गते हुने बताईएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.