गोकुलेश्वर। चितुवाको आक्रमणमा परी बैतडीमा एक बालक घाइते भएका छन् । शिवनाथ गाउँपालिका — ६ बसेडीका १३ बर्षीय पारस धनाडी चितुवाको आक्रमणमा परी घाइते भएका हुन् ।

मणिलेक मावि काँडा मेलौलीमा कक्षा ९ मा अध्ययनरत धनाडीमाथि आज बिहान विद्यालय जाने बेला बसेडी ठाडाइजर भन्ने ठाउँमा आक्रमण गरेको हो । उनकोे टाउको, गर्धन र कम्मरमा चोट लागेको छ ।
धनाडीको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।



