गोकुलेश्वर । बँदेलका लागि थापेको पासोमा चितुवा फसेको छ । बैतडीको दशरथचन्द नगरपालिका–४ बिनासौंमा भन्ने ठाउँमा जंगली बँदेलका लागि थापेको बुधबार (आज) बिहान पासोमा चितुवा फसेको भेटिएको हो ।

पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली आउँदै डिभिजन बन कार्यालय बैतडीका प्रमुख भिम प्रसाद कँडेलले बताए ।
उद्धार टोलीले चितुवालाई बेहोस बनाएर उद्धार गर्ने डिभिजन वन कार्यालयका प्रमुख कँडेलले बताए ।



