गोकुलेश्वर । वर्षाका कारण बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याउन थालेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. २ मा रहेको दोगडा मन्दिरमा पहिरोले क्षति पु¥याएको छ । ढिगाढ खोलाको माथिबाट पहिरोसँगै बाढीले आएको मन्दिरमा हालै लगाएको पर्खाल बगाएको छ । पर्खाल बगाउँदा मन्दिर जोखिममा परेको हो । उक्त मन्दिरमा ५ लाख बराबरको क्षति भएको सेतीकालीका संबाददाता नरेन्द्र बिष्टले खबर पठाउनुभयो ।

पर्खाल बगाएपछि मन्दिर परिसरमा खोलाले कटान गर्न थालेको दोगडाकेदार गाउँपालिका वडा न. २ का अर्जुन कृँवरले बताउनुभयो । उहाँका अनुसार गाउँलेहरुले हालै चन्दामार्फत सङकलन गरी उठाएको ३ लाखको लागतमा निमार्ण गरिएको पर्खाल बगाएको उहाँले बताउनुभएको छ । यस्तै ग्याब्रिङवाल परापुर्वकालदेखि चढाएका २ वटा खम्बा घन्टीहरु मन्दिरमा भएका अन्य सामाग्रीहरु बगाएको छ ।
यस्तै उक्त मन्दिरमा थप क्षति हुन नदिन पूर्वाधार विकास कार्यालयलाई पर्खाल निर्माण गर्नुपर्ने भएकाले र क्षतिको विवरण सङ्कलन गरी आवश्यक सहयोगका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहयोगका लागि आग्रह गरिएको छ । पहिरोले मन्दिरमा क्षति पु¥याएको र पानी पर्ने क्रम जारी रहेकाले थप क्षति बढ्नसक्ने भएको छ । गत साल पनि बाढीले मन्दिरमा क्षति पु¥याएको थियो ।



