No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा भएको छ । सोमबार एक कार्यक्रमका बिच नगरपालिकाको कार्यालय गोकुलेश्वरमा पूर्ण खोप सुनिश्चता पालिका घोषणा गरिएको हो ।

जन्मेदेखि २३ महिना सम्मका बालबालिकाहरुले पाउनुपर्ने खोप तालिका अनुसार खोप पाएकाले पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगर पालिकाका स्वास्थ्य संयोजक चक्र कार्कीले बताए ।

pm office

पालिकामा १६ देखि २३ महिना सम्मका २४६जना बालबालिकाहरुले खोप लगाएको उनले बताए । पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा नगर प्रमुख विजयसिंह धामी,उपप्रमुख शान्ति खडायत, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर बिष्ट,९ वटै वडाका वडा अध्यक्ष, स्वास्थ्यकर्मी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

नगरपालिकाका नगर प्रमुख विजयसिंह धामीले शैल्यशिखर नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा हुनु गौरबको विषय भएको बताए ।

‘यहाँका सबै बालबालिका रोग मुक्त र खोप युक्त भएको सन्देश फैलिएको छ,’उनले भने,स्वास्थ्य क्षेत्रमा शैल्यशिखरले मारेको फड्को प्रशांसा योग्य ठानेको छु।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.