No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर बजार बाढीको उच्च जोखिम, जोखिमयुक्त ठाउँमा घर बनाउने क्रम रोकिएन

गोकुलेश्वर दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर बजार बाढीको उच्च जोखिममा रहेको छ । जिल्लाकै दोस्रो ठुलो बजारको रुपमा चिनिने गोकुलेश्वरमा अस्पताल, विमानस्थल, क्याम्पसलगायत सरकारी र गैरसरकारी संरचना रहेका छन् । बर्खायामसँगै नदीको सतह बढ्दा चमेलिया नदी वारिपारी गोकुलेश्वरका बासिन्दा चिन्तित भएका छन् । बैतडीको डिलासैनी गाउँपालिका–५ हरिनगर क्षेत्र र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका बस्ती जोखिममा रहेको छ । नदी किनारमै घर बनाउँदा बाढीको जोखिम बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

pm office

वर्षात्को समय सुरु भएसँगै बैतडी दार्चुलाका विभिन्न नदी किनारका बासिन्दालाई बाढीको जोखिम बढ्नुका साथै बजारकै छेउछाउमै थुप्रै खहरेखोला भएकाले झन् जोखिम बढेको छ । हरिनगरमा विसं २०५० मा दार्चुला जोड्ने सडकले गोकुलेश्वर छोएसँगै बगरमा घर बन्ने क्रम बढेको हो । यहाँ करीब पाँच दर्जन घर बनिसकेका छन् ।

वादी परिवारको अन्य ठाउँमा सर्ने विकल्प छैन । हिउँदमा अढाइ मिटर बहाव रहने चमेलिया नदी बर्खामा बढ्न थाल्छ । बर्खामा करिब छ मिटरसम्म गहिरो बन्छ । अहिलेसम्म बाढीको पूर्वसुचना संयन्त्र स्थापना गर्न सकेको छैन । गैरसरकारी संस्थाको सहयोगमा माथिल्लो तटीय क्षेत्रका समुदाय र प्रहरीचौकीमा विपद् पूर्वसूचनाका लागि सञ्चार संयन्त्र राखे पनि प्रभावकारी हुन सकेको छैन ।

स्थानीयतहले पनि जोखिमयुक्त ठाउँमा घर नबनाउने सल्लाह दिएपनि उक्त क्षेत्रमा घर बनाउने क्रम रोकिएको छैन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.