गोकुलेश्वर । बैतडीमा जबरजस्तीकरणी गरेको आरोपमा मेलौली नगरपालिकाका वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।

मेलौली—१ का वडाध्यक्ष शरदसिंह नेगी र केशवसिंह पक्राउ परेका हुन्। पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्ष सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए।
दुवै जनामाथि जबरजस्तीकरणी गरेको आरोप लागेको र पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको हो।
नेगी स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन्।



