गोकुलेश्वर। सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दार्चुला जिल्लाभरी चुनावको माहोल तातेको छ । स्थानीय तहको निर्वाचनमा अधिकांस स्थानमा पुराना नेताले नेतृत्वमा दावी गरिरहँदा युवामा पनि उत्तिकै आकांक्षा देखिएको छ ।
भर्खरै मात्रै स्थानीय तहको पुनर्संरचना भएको र पुनर्संरचना सहितको स्थानीय तहमा नेतृत्व लिनकालागि युवाहरुमा आकांक्षा आउनुले मुलुकले साँच्चै परिवर्तन खोजेको हो की भन्ने आभास गराएको छ ।
स्वभाविक रुपमा पुराना नेताले आकांक्षा गरिरहँदा त्यसलाई चिर्दै नेपाली काँग्रेसबाट दार्चुलाको लेकम गाउँ पालिकामा नेतृत्व लिनका लागि युवा नेता ईन्द्रसिंह साउँद कम्मर कसेर लागि परेका छन् । पुराना नेताहरुकोे आकांक्षालाई चिर्दै युवा नेता साउँदले काँग्रेसबाट गाउँपालिकाको अध्यक्ष पदमा आकांक्षा व्यक्त गरेका छन् ।

२०४९ साल मंसिर ६ गते साविकको सर्मोली गाबिस हालको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीमा जन्मेका साउँद २०६४ सालदेखी नेपाल विद्याथी संघको राजनीतिमा होमिएका हुन् ।
२०७७ देखी हालसम्म वीपी कोइराला युवा नेतृत्व विकास मञ्चको कञ्चनपुरका संयोजक रहेका साउँद हाल नेपाल विद्याथी संघ कञ्चनपुरका जिल्ला उपाध्यक्ष रहनुका साथै काँग्रेसका क्रियासिल सदस्य समेत रहेका छन् ।
उनले कोरोना महामारिका बेला लेकम गाउँपालिका घर भई अध्ययनको लागि महेन्द्रनगर,धनगढी,काठमाडौं लगायत सुदूरपश्चिम प्रदेशभरि डेरा गरि बसिरहेका विद्यार्थीहरुलाई घर पठाउन सहयो गर्नुका साथै कोरोनाको दोस्रो लहरका बेला लेकम गाउँपालिकाका ६ वटै वडाहरुमा औषधी लगायत अन्य स्वास्थ्य समाग्रीहरु समेत वितरण गरेका थिए ।
यसैगरी उनले लेकम गाउँपालिकामा भएका गरिबहरुका लागि खाद्यान्न,खानेपानीका पाईप वितरण गर्नुका साथै अति गरिब विपन्न परिवारलाई आर्थिक सहयोग समेत गरेका थिए ।



