गोकुलेश्वर। नेकपा (एमाले) बैतडी —काठमाडौं सम्पर्क मन्चको अध्यक्षमा यज्ञ भट्ट (यदु) चयन भएका छन् ।
शनिवार काठमाडौंमा सम्पन्न भएको नेकपा (एमाले) बैतडी —काठमाडौं सम्पर्क मन्चको जिल्ला सम्मेलनबाट यज्ञ भट्टको अध्यक्षतामा २१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ ।

यस्तै कमिटी उपाध्यक्षमा पार्वती धामी,बिरेन्द्र धानुक,सचिव रबिन्द्र धामी, सहसचिव तपेन्द्र बिष्ट र कोषाध्यक्षमा रमेश माल रहने गरि १२ सदस्यीय कमिटी चयन गरिएको छ ।
सम्मेलनमा पुर्व मन्त्री एवंम एमाले पोलिटब्युरो सदस्य गणेश ठगुन्नाको प्रमुख आथित्यतामा रहेको थियो । सम्मेलन काठमाडौंको आर.आर कलेजमा सम्पन्न भएको हो ।
सम्मेलनमा बोल्दै अध्यक्ष भट्ट्ले ‘यो सम्मेलन देखि अर्को सम्मेलन सम्मको अवधिमा बैतडी सम्पर्क मन्चले नयाँ गति र उत्साह प्रवाह गर्दै आफ्नो साङ्गठनिक दायरालाई अत्यन्तै फराकिलो बनाउँदै लैजाने बताएका छन् ।’
भट्ट अनेरास्ववियु सिटिईभिटिका अध्यक्ष समेत हुन् ।



