No.1 News Portal from Sudurpashchim Province
bajaj

निर्वाचन आयोग एक/दुई दिनमै कार्यतालिका सार्वजनिक गर्ने

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सकिँदैछ ।

गोकुलेश्वर। निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन लागिपरेको छ । अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका बताए । एक र दुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।

कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम समेटिने छन् । यस्तैकार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, चुनाव चिह्न प्रदान, चुनाव र मतगणनासम्मको कार्यक्रम समावेश हुनेछ ।

pm office

कार्यतालिका सार्वजनिक भएपछि त्यसैअनुसार चुनावका काम र गतिविधि अगाडि बढ्नेछन् । मतदाता नामावलीलाई अन्तिम रूप दिने, निर्वाचन कार्यतालिका बनाउने तथा निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रियासमेत अगाडि बढेको छ ।

चुनावका लागि आवश्यक पर्ने भवन, गाडी, फर्निचर वा अन्य भौतिक साधनको अवस्था र व्यवस्थापनको प्रक्रिया समेत सुरु भैसकेको छ । सरकारले आउँदो बैशाख ३० गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि आयोगले काम तीव्र पारेको हो ।

२०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेकोमा २०७७ पुस ६ देखि २०७८ माघ २४ गतेसम्म १६ लाखभन्दा धेरै नयाँ मतदाता थपिएको आयोगको अनुमान छ । निर्वाचन मिति घोषणा भएपछि आयोगले हिजोदेखि नै मतदाता नामावली सङ्कलनको काम भने स्थगित गरेको छ ।

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सकिँदैछ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.