दार्चुलामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि
महाकाली नगरपालिकाको पुलघाटमा गरिएको परिक्षणमा २ जना, जिल्ला अस्पताल दार्चुलामा ३ जना र अपी हिमाल गाउँपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
गोकुलेश्वर। दार्चुलामा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।

शनिवार गरिएको एन्टिजेन परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।
सूचना अधिकारी कार्कीका अनुसार महाकाली नगरपालिकाको पुलघाटमा गरिएको परिक्षणमा २ जना, जिल्ला अस्पताल दार्चुलामा ३ जना र अपी हिमाल गाउँपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६९ पुगेको छ ।



