No.1 News Portal from Sudurpashchim Province
bajaj

एकीकृत समाजवादी शैल्यशिखरको प्रथम नगर भेला सम्पन्न,अध्यक्षमा जोशी

यस्तै भेलाले शैल्यशिखर —१ को वडा कमिटी गठन गरिएको छ ।

गोकुलेश्वर। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  शैल्यशिखर नगरपालिकाको प्रथम नगर भेला सम्पन्न भएको ।

बुधबार (आज) दार्चुलाको शैल्यशिखरको प्रथम नगर भेला शैल्यशिखर —९ गोकुलेश्वरमा सम्पन्न भएको छ । उक्त भेलाबाट जनका राज जोशी सर्वसम्मत नगर कमिटी अध्यक्षमा चयन भएका छन् । 

pm office

यसैगरी उपाध्यक्षमा राम दत्त भट्ट, सचिवमा कम्मान सिंह खत्री, सह —सचिवमा विरबहादुर चन्द र धर्मान्नद जोशी रहने गरि ३१ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।

यस्तै भेलाले शैल्यशिखर —१ को वडा कमिटी गठन गरिएको छ । वडा कमिटी अध्यक्षमा हर्क बहादुर खडायत, उपाध्यक्षमा जनक राज खडायत ,कोषाअध्यक्षमा हरीना भट्ट र सचिवमा जगदिश खडायत रहने गरि १३ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

उक्त भेलामा एकीकृत समाजवादी जिल्ला अध्यक्ष बिरबहादुर ठगुन्ना र प्रदेश कमिटी सदस्य अजब बिष्ट लगायत अन्य समाजवादी नेताहरुको सहभागिता रहेको थियो । कोरोना सङ्क्रमणको दर वृद्धि हुँदै गएकाले स्वास्थ्यका सबै मापदण्डको पालना गरेर कमिटी गठन गरिएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.