No.1 News Portal from Sudurpashchim Province
bajaj

कानून मन्त्री जोशी : दार्चुलाको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक छ

गोकुलेश्वर। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीले दार्चुलाको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रेहेको बताएका छन् ।

बुधबार (आज) समाजवादी प्रेस संगठन दार्चुलाले गोकुलेश्वरमा आयोजना गरेको पत्रकार सम्मेलनमा तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री जोशीले दार्चुलाको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रेहेको बताए।

उनले अर्को फरक प्रसंगमा बोल्दै एकीकृत समाजवादी पार्टी देशको संविधान र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि एमालेबाट विद्रोह गरेर जनता माझ स्थापित भएको बताएका छन् ।

pm office

संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरुले विद्रोह गरेको जनाउँदै उनले प्रतिगामीलाई सफल हुन नदिने दावी गरे । एकीकृत समाजवादी पाटीका विभिन्न कामहरु व्यवस्थित हुँदै पालिका, जिल्लाहरुमा कमिटी गठन गर्ने कार्य तीव्रगतिमा भैरहेको उनको भनाइ थियो ।

मन्त्री जोशीले देशको हित र रक्षाका लागि एकीकृत समाजवादी पार्टी चिन्तनशील रहेको बताउँदै स्वास्थ्य, शिक्षा रोजगारीका साथै जनताको हितका विषयमा पार्टी गम्भीर रहेको बताए । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा दार्चुला इन्चार्ज नरेन्द्र बिष्ट लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

समाजवादी प्रेस संगठन दार्चुलाका संयोजक लोकेन्द्र सिंह कार्कीको अध्यक्षतामा भएको सम्मेलन तथा भेटघाट कार्यक्रमको सहजीकरण समाजवादी प्रेस  संगठन दार्चुलाका सचिव अमर खत्रीले गरेका थिए ।

मन्त्री जोशी नेकपा एकीकृत समाजवादी पार्टीको मार्मा गाउँपालिका भेलाको उद्घाटन गर्न मंगलवार दार्चुला पुगेकी हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.