गोकुलेश्वर। नेपाली काँग्रेस बैतडीका नवनिर्वाचित जिल्ला सभापति चतुरबहादुर चन्द र काँग्रेसका नेता रमेश लेखक नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बैतडीका विभिन्न समस्याका बारेमा जानकारी गराएको काँग्रेस डिलाशैनी गाउँ कार्यसमितिका सभापति जयानन्द जोशीले चौलानी खबरलाई जानकारी दिए ।
बैतडीका बाढी पहिरो पीडितको समस्या, पश्चिम सेती परियोजना कार्यान्वयनका बिषयमा र बैतडीमा लेन्थवर्करको समस्याको बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

बाढी पहिरोका कारण भएको समस्या समाधानका लागि पनि सरकारले पहल गर्ने प्रतिबद्धता जनाउदै लेन्थवर्करका समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।
यस्तै काँग्रेस बैतडीका सभापति चन्दले बैतडीमा नेपाली काँग्रेस पार्टीको भवन निर्माणका लागि समेत पार्टी सभापति शेरबहादुर देउवालाई र्ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री संगको भेटघाट र समस्या समाधानका लागि महत्वपुर्ण भुमिका निर्वाह गरिदिएकोमा सभापति चन्दले नेता लेखकलाई धन्यवाद ज्ञापन गरेका छन् ।



