गोकुलेश्वर। बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ धामीगाउँमा पुष ११ गते नागरिकता तोली आउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्रदान गरिने नेपाली नागरिकता प्रमाणपत्रका लागि डिलाशैनी -६ मा रहेका असहाय, अपाङग,विद्धवुद्धा र सदमुकाम सम्म जान नस्कने व्याक्तिका लागि टोली आउने भएको हो ।
नागरिकताका लागि आवस्यक पर्ने कागजपत्रसहित २ प्रति फोटो,सनाखत गर्ने व्याक्ति र स्वयम नागरिकता प्राप्त गर्नेले पुष ७ गते विहान ११ वजे उपस्थित हुनेपर्ने छ ।



