No.1 News Portal from Sudurpashchim Province
bajaj

कुन चाहिँ शेयर काराेबारीले चन्दा दिएन हाेला, प्रचण्डले ध्वस्त पारिदिन खाेजे : ओली

गोकुलेश्वर। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार ध्वस्त बनाउने गरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाए ।

ललितपुरको च्यासलमा रहेको तुलसीलाल अमात्य स्मृति भवनमा आज बुधवार आयोजित पार्टीका मनोनित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले यस्तो बताए ।

शेयर कारोबारीले चन्दा नदिएपछि उनीहरूलाई ध्वस्त बनाउने गरी प्रचण्डले त्यो अभिव्यक्ति दिएको अध्यक्ष ओलीको आरोप छ । शेयर लगानीकर्ता र सामान्य नागरिकको लगानी जेसुकै होस् तर देशलाई बर्बाद पार्ने काममा प्रचण्डहरू लगातार लागिरहँदा पनि कसैले विरोधसमेत नगरेको उनले बताए ।

pm office

अध्यक्ष ओलीले भने, ‘प्रचण्डले यो शेयर बजारको सन्दर्भमा बडा क्रान्तिकारी साम्राज्यवाद विकसित भयो भने शेयर बजार हुन्छ रे । साम्राज्यवादको विकसित रूप चाँहि लेलिनभन्दा पनि अलि बढी नै जान्ने भएछन्– दुई स्टेप । पुँजीवाद विकसित रूप भएर साम्राज्यवाद हुन्छ लेनिनले भनेका थिए ।

त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भने शेयर बजार हुन्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोक दिए । दुई दिनमा शेयर बजार धराशायी । त्यसले जनताको जीवनमा कति असर हुन्छ, शेयर लगानीकर्ताहरूको अवस्था कस्तो हुन्छ ? तिनीहरूको आर्थिक स्थिति के हुन्छ ? केही पनि मतलब छैन ।

अर्थतन्त्रको केही पनि मतलब छैन । कुन शेयर कारोबारीले चन्दा दिएनन् होला, त्यही भएर उनले त्यसलाई ध्वस्त बनाउने गरी त्यसो भने । न रहे बास, न बजे बाँसुरी भनेर बजाए । यदि हामीले त्यस्तो गरेको भए सडक तात्थे, माइतीघरले पुग्दैन थियो । सञ्चार माध्यममा आगो बल्थ्यो । तर अहिले शान्त छ, चुपचाप, आराम, आनन्द छ सबलाई । कोही बोल्दैनन् । किनभने यहाँ अस्थिरता क्रियट गर्ने, अस्थिरता बनाउने देशमा । ध्वस्त पारिरहने । यता बिगार्ने, उता बिगार्ने, यता उठाएजस्तो गरिदिने, उता भत्काइ दिने । यो खालको सिलसिला चलिराखेको हुनाले । यस्तो बोलिरहनुपरेन ।’

अध्यक्ष ओलीले पार्टीका नेताहरूलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्बन गर्दै देश र नागरिकको सेवामा समर्पित भएर लाग्न सचेत गराए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.