No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलालीमा बस र स्कारपियो ठोक्किँदा दार्चुलाका ३ जना सहित २७ जना घाइते

गोकुलेश्वर। कैलालीमा बस र स्कारपियो ठोक्किँदा २७ जना घाइते भएका छन् । बुधवार बिहान करिब सवा १० बजे कैलालीको लम्कीचुहा नगरपालिका–३ गोरांगेमा दुर्घटना हुँदा २७ जना घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य छ । सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

कैलाली प्रहरीका अनुसार काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको से १ च १५९३ नम्बरको स्कारपिओ एक आपसमा ठोक्किएका हुन् । स्कारपिओमा चालकसहित ३ जना र बसमा सवार २४ गरी २७ जना घाईते भएका छन् ।

pm office

इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको टोलीले उनीहरुको उद्धार गरी उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । बस कञ्चनपुर शुक्लाफाँटा नगरपालिका –१२ बस्ने ३४ बर्षीय गणेश रानाले चलाइरहेका थिए । यस्तै स्कारपिओ कञ्चनपुरकै कृष्णपुर नगरपालिका–६ बस्ने वर्ष ४८ बर्षीय मोतीराम डगौराले चलाइरहेका थिए ।

स्कारपिओमा सवार घाइते हुनेमा मोतीराम डगौरा, चालक (कञ्चनपुर कृष्णपुर–६),देवराज आचार्य (लक्ष्मी नारायण मन्दिर धनगढी) र मुकुन्द गौतम लक्ष्मी नारायण मन्दिर धनगढीका रहेका छन् ।

बसमा सवार रहेका घाइतेहरुमा कृष्ण धामी (दार्चुला, सिप्टी),जयबहादुर पाल (दार्चुला महाकाली –६),अर्जुन सुनार (कञ्चनपुर पुनर्वास–४),रामबहादुर धामी (कञ्चनपुर, दैजी),ग्याम्जु तामाङ (हुम्ला, नाकावली–६),जीवन धानुक (कैलाली, गौरीगंगा–३),शिव साउँद (कैलाली, गौरीगंगा–३),भिम नेपाली (कञ्चनपुर, पुनर्वास–९),उत्तम सुनार (अछाम, मेल्लेख–८),मानबहादुर सुनार (कञ्चनपुर भिमदत्त–१),ऐनबहादुर ओली (कञ्चनपुर दोधाराचाँदनी–६),देवदत्त भट्ट (बैतडी, मेलौली–२ ),महाविर कुँवर (कञ्चनपुर, पुनर्वास–९),लोकेन्द्र भण्डारी (बैतडी, पुर्चौडी–१),नरेन्द्र भण्डारी (बैतडी, पुर्चौडी–१),नविन थापा (कैलाली, चौमाला–३),तेजबहादुर धामी (कैलाली, चौमाला–३)०,धनबहादुर साउँद (कैलाली, चौमाला–३),धनबहादुर राना (कञ्चनपुर, बेलौरी–४),नरेन्द्रसिंह ठगुन्ना (बैतडी, पाटन–५),उदयसिंह कुँवर (दार्चुला, ब्यासँ –७),खडक थाम (डडेल्धुरा, अमरगढी–२) र गणेश राना (चालक, कञ्चनपुर शुक्लाफाँटा–१२) का रहेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.