No.1 News Portal from Sudurpashchim Province
bajaj

क्रिकेटको बलले लागेर दर्शकको टाउको फुट्यो

गोकुलेश्वर।अस्ट्रेलियामा चलिरहेको बिग बास टी–२० लिग अन्तर्गत एक खेलमा बल लागेर एक दर्शकको टाउको फुटेको छ । होबार्ट हरिकेन्स र पर्थ स्काचर्सबीच भएको खेल दौरान उक्त घटना घटेको थियो ।

pm office

होबार्टका ब्याटर बेन म्याकडरम्याटले गरेको प्रहारले खेल हेर्न गएका दर्शकको टाउको फुटेको थियो । उनको टाउकोबाट रगत बगेको थियो । म्याकडरम्याटले टिमलाई जित दिलाउन कोशिस गर्ने क्रममा विस्फोटक ब्याटिङ गरेका थिए । लक्ष्य पाउन ब्याटिङमा उत्रेको होबार्टको राम्रो शुरुवात भएको थिएन ।

यसैले, म्याकडरम्याटले ठूला ठूला शट खेल्न थालेका थिए । यसै क्रममा उनले पर्थका फास्ट बलर एन्ड्रयु टाइको एक बललाई छक्का प्रहार गरेका थिए । यही बल दर्शकलाई लागेको थियो ।

यो बल यति तीव्रगतिमा आयो कि ती दर्शकले आफ्नो टाउकोमा लाग्नबाट बचाउन सकेनन् । उनी त्यही ढलेका थिए । यो भिडियो बीबीएलले आफ्नो आधिकारिक ट्वीटरमा सेयरसमेत गरेको थियो । -एजेन्सी

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.