गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वरबाट मादक पदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने एक जना चालकलाई पक्राउ परेका छन् ।

शैल्यशिखर नगरपालिका -३ लुईटाबाट दशरथचन्द नगरपालिका -१ गुरुखोला बेही लगेर जाँदै गएको से १ज ३०९ कालो नम्बर प्लेट जिप चालकलाई गोकुलेश्वर बजारमा प्रहरी टोलीले चेकजाँच गर्दा मादक पदार्थ सेवन गरी चलाईरहेको अवस्थामा भेटेपछि चालक रामबहादुर भाट लाई नियन्त्रणमा लिइएको हो ।
चालक भाटलाई गोकुलेश्वरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा लगेर मुद्दा दर्ता गरी कारवाही प्रकिृया अगाडी बढाईएको छ ।



