No.1 News Portal from Sudurpashchim Province
bajaj

माओवादी केन्द्र लेकम गाउँपालिकाको प्रथम पालिका सम्मेलन सम्पन्न,अध्यक्षमा बिष्ट

गोकुलेश्वर। नेकपा माओबादी केन्द्र दार्चुलाको लेकम गाउँपालिकाको प्रथम पालिका सम्मेलन आइतबार रातामाटामा सम्पन्न भएको छ ।

अध्यक्षमा उमाकान्त बिष्ट,उपाध्यक्षमा हरिना जोशी,शान्ति धामी र केशवराम लावड,सचिवमा तारासिंह बोहरा, सहसचिवमा देब नाथ र कोषाध्यक्षमा दिनेश बिक रहने गरि ४९ सदस्यिय कमिटी चयन गरिएको छ ।

pm office

सम्मेलन समारोहमा माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश सह-इन्चार्ज लक्ष्मणदत्त जोशीको प्रमुख आतिथ्यता र दार्चुला जिल्ला इन्चार्ज एबं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीको विशिष्ट आतिथ्यता रहेको थियो ।

यस्तै सम्मेलनमा मार्मा गाउँपालिका अध्यक्ष एबं माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य जमनसिह धामी, प्रदेश कमिटी सदस्य एबं लेकम गाउँपालिका इन्चार्ज रामदत्त जोशी लगायत अन्य नेताहरुको सहभागिता रहेको थियो ।

लेकममा नयाँ नेतृत्व चयन गरेसँगै दार्चुलाका नौँ वटै स्थानीय तहमा नेकपा माओबादी केन्द्रको प्रथम पालिका सम्मेलन सम्पन्न भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.