No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर कृषि क्याम्पस बन्ने भयो अब आंगिक

गोकुलेश्वर। बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ मा रहेको गोकुलेश्वर कृषि क्याम्पसलाई सुदूरपश्चिम विश्व विद्यालय सभा (सीनेट बैठक) ले आंगिक क्याम्पस बनाउने भएको छ । शुक्रबार काठमाडौंमा भएको सभाले गोकुलेश्वर कृषि क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयले आंगिक क्याम्पस बनाउनका लागि प्रक्रिया थालेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ। कृषि क्याम्पस सञ्चालन सम्बन्धि कार्यविधि बनाइनेछ । गोकुलेश्वर कृषि क्याम्पस विश्वविद्यालयको ७ औं आंगिक क्याम्पस हो ।

pm office

यसअघि सुदूरपश्चिमका ६ क्याम्पसलाई आंगिक बनाइएको थियो । गोकुलेश्वर कृषि क्याम्पस आंगिक बनेसँगै विद्यार्थीले सस्तो शुल्कमा पढ्न पाउने क्याम्पसका अध्यक्ष सन्तोष जोशीले बताए ।

‘सामुदायिक क्याम्पस हुँदा विद्यार्थीले बढी शुल्क तिर्नुपर्ने बाध्यता थियो,’ उनले भने,‘आंगिक क्याम्पस हुँदा कम खर्चमै विद्यार्थीले पढ्न पाउँछन् ।’

कृषि क्याम्पसको भौतिक विकासमा समेत सहयोग पुग्ने उनले बताए । ‘अब क्याम्पसको सम्पूर्ण स्वामित्व विश्वविद्यालयले लिन्छ,’ उनले भने, ‘समग्रमा क्याम्पसको विकास हुन्छ ।’ गोकुलेश्वर क्याम्पसमा अहिले कृषि विज्ञान विषयको पढाई हुन्छ ।

आगामी दिनमा पशु विज्ञान संकाय पनि थप्न सकिने उनको भनाई छ । क्याम्पसमा बि.स.२०६७ सालमा स्थापना भएको थियो । क्याम्पसमा अहिले १ सय ९६ विद्यार्थी अध्ययनरत रहेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.