गोकुलेश्वर। नेपाली काँग्रेस बैतडीका नवनिर्वाचित सभापति चतुरबहादुर चन्दले आगामी महाधिवेशनमा शेरबहादुर देउवालाई सहयोग हुने बताएका छन् । चन्दलाई संस्थापन इतर सभापतिको रुपमा हेरिँदै आएको भएपनि उनले महाधिवेशनमा देउवालाई हयोग गर्ने बताएका छन् ।

बैतडीमा शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ताहरुको समेत भोट पाएर विजयी भएका सभापति चन्दले आफ्नो गुट फरक रहेको भएपनि शेरबहादुर देउवालाई सहयोग नगर्ने बताएका हुन् । उनले भने ‘म केन्द्रिय नेताहरु कसैको पनि विरोध गर्दैन् । म शेरबहादुर दाईलाई असहयोग गर्दैन ।’
अहिले जिल्लामा आएको नेपाली काँग्रेसको नवनिर्वाचित टीम सच्चा कांग्रेसीहरुको टीम भएको बताउँदै उनले कसैलाई निषेध गरेर अघि बढ्ने आफ्नो योजना नरहेको उनले सुनाए ।
बैतडीमा शेरबहादुर देउवाकै समूहमा रहेका रमेश लेखक समूहका नेताहरुले चतुरबहादुर चन्दलाई सहयोग गरेका थिए ।



