No.1 News Portal from Sudurpashchim Province
bajaj

काँग्रेस कञ्चनपुर सभापतिमा पदम बोगटी

गोकुलेश्वर। नेपाली काँग्रेस कञ्चनपुर जिल्ला सभापतिमा पदम बोगटी विजयी भएका छन् । उनले बहादुर थापालाई ९१ मतले पराजित गरेका हुन् । बोगटीले ८ सय ६ मत ल्याउँदा थापाले ७ सय १५ मत प्राप्त गरे ।

pm office

दुई उपसभापति र दुई सचिवमा एनपी साउँद निकट उम्मेदवार निर्वाचित भए । सहसचिवमा मिश्रित नतिजा आएको छ ।

उपसभापतिमा मिनबहादुर सिंह ७ सय ८६ र हरिसचन्द्र राना ७ सय ६३ मत ल्याउँदै विजयी भएका हुन् । सचिवमा भिमराज भट्ट र हेमराज ओझा निर्वाचित भए । भट्टले ७ सय २९ मत ल्याउँदा ओझाले ७ सय ३० मत ल्याए ।

सहसचिवमा नाफुसिंह साउँद ७ सय २६ र पुष्कल चौधरी ६ सय ७४ मत ल्याउँदै विजयी भए । नाफुसिंह एनपी निकट हुन् भने चौधरी लेखक निकट हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.