No.1 News Portal from Sudurpashchim Province
bajaj

ग्लोबल छनोटमा पुग्न नेपालले यूएईलाई राम्रो रनरेटमा जित्नुपर्ने

गोकुलेश्वर। आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

pm office

नेपाल र यूएईबीचको खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा पुग्न नेपालले यूएईलाई जित्नुपर्ने र नेट रनरेटमा समेत भर पर्नुपर्ने अवस्था छ । चार खेल खेल्दा यूएईको आठ अङ्कसहित दुई दशमलव ३९८ को रनरेट छ । नेपालको तीन खेलमा ६ अङ्कसहित दुई दशमलव ०८८ को रनरेट छ।

प्रतियोगितामा ६ टोली सहभागी छन् । अङ्क तालिकामा शीर्ष हुने टोली ग्लोबल छनोटमा पुग्नेछ । चारमध्ये तीन खेल जितेको हङकङको पनि समान ६ अङ्क नै छ ।

तर नेट रनरेटमा हङकङभन्दा नेपाल अगाडि छ । ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले आज अन्तिम खेल कुवेतसँग खेल्दैछ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.