गोकुलेश्वर। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बैतडीले सङ्गठन विस्तारको अभियानलाई तीव्र पारेको छ। सो पार्टीले पार्टी विभाजनसँगै पार्टीको संरचना निर्माणका लागि पहिला जिल्ला कमिटी गठन गरी नगर र गाउँपालिका हुँदै वडा कमिटीसम्म पार्टी, जनवर्गीय सङ्गठन निर्माणको अभियानलाई तीव्रता दिएको हो।

सोही अनुरुप आज शुक्रबार बैतडीको डिलाशैनी गाउँपालिका -७ मा एकीकृत समाजवादीको वडा कमिटी विस्तार गरिएको छ । लालबहादुर धामी अध्यक्ष र तुलसी जोशी सचिव रहने गरि २९ सदस्यीय कमिटी बिस्तार गरिएको छ ।
जेष्ठ नागरिक धौल सिंह धामिको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य तस्बिर बोहरा , प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिवालय सदस्य पदम धामी,पुर्व ईलाका नम्बर ११ बैतडीका क्षेत्रपाल गणेश बोहरा , जिल्ला सचिवालय सदस्य बिरेन्द्र भट्ट र अनेरास्ववियु केन्द्रिय सदस्य सुबास बोहराको सहभागीतामा वडा कमिटी विस्तार गरिएको अनेरास्ववियु केन्द्रिय सदस्य सुबास बोहरा बताए ।
विभिन्न पार्टी परित्याग गरि २२ जनाले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।



