गोकुलेश्वर। नेपाल प्रहरीको ६६ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बैतडीले १७ जना प्रहरीलाई पुरस्कृत गरेको छ ।
प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बैतडीले इलाका प्रहरी कार्यालय पाटन बैतडीमा कार्यरत प्रहरी निरीक्षक राजेश शाही सहित १७ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

जिल्लाका विभिन्न प्रहरी युनिटमा खटिएर उत्कृष्ट कार्य सम्पादन गरेका प्रहरी कर्मचारीहरुलाई पुरस्कृत र सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
पुरस्कृत एवं सम्मानित हुनेमा इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाही, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक सुरतबहादुर चन्द र इलाका प्रहरी कार्यालय तस्सुदेहीमा कार्यरत प्रहरी नायव निरीक्षक जनकबहादुर धामी रहेका छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावल र राजेन्द्रसिंह कार्की पनि पुरस्कृत एवं सम्मानित भएका छन् । यस्तै ५ जना प्रहरी हवलदार, ६ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी पुरस्कृत भएका प्रहरी प्रवक्ता ओझाले बताए ।



