No.1 News Portal from Sudurpashchim Province
bajaj

राप्रपा डिलासैनी गाउँपालिकाको अध्यक्षमा माल

गोकुलेश्वर।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डिलासैनी गाउँपालिकाको अधिवेशनबाट धनसिंह माल (भुपेन्द्र) अध्यक्षमा चयन भएका छन्।

pm office

राष्ट्रिय प्रजातन्त्र पार्टी डिलासैनी गाउँपालिकाको आइतबार भएको गाउँ अधिवेशनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता धनसिंह माल (भुपेन्द्र) को अध्यक्षतामा ४० सदस्यीय गाउँ कार्यसमिति चयन गरिएको छ ।

राप्रपाको नयाँ गाउँ कार्यसमितिमा अध्यक्ष माल सहित उपाध्यक्षमा जानकी बोहरा, धौलसिंह राना र सर्वसम्मत चयन भएका छन । त्यसैगरी सचिवमा द्रोपती बडू, सहसचिवमा उद्धव हुड्के र कोषाध्यक्षमा जनक बहादुर बोहरा सहित ४० सदस्यीय गाउँ कार्यसमिति चयन गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.