No.1 News Portal from Sudurpashchim Province
bajaj

जोशीद्धारा नेपाली काँग्रेस दार्चुलाको सह–सचिवमा उम्मेदवारी घोषणा

गोकुलेश्वर। नेपाली काँग्रेस दार्चुलाको सह–सचिवमा जयानन्द जोशीले उम्मेदवारी घोषण गरेका छन् । नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशन हुने जिल्ला अधिवेशनमा जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेस नै जनताको खास पार्टी हो भन्ने जिल्लाबासीलाई महसुस गराउन र जनताको सुखदुखमा सधैं सहयोगी बन्न आफूले जिल्ला सह–सचिवमा उठेको उनी बताउँछन् । बिपीको समाजबादलाई सधैंभर पछ्याउनेछु ।’ जिल्ला सह–सचिवमाको पदमा बसेर दार्चुलाको समग्र उन्नति र काँग्रेंसलाई अझ गतिशील बनाउन आफ्नो दायित्व हुने उनले बताए ।

पार्टी संगठनलाई बलियो, असल र नेपाली कांग्रेसको विचारलाई समाजको अभिन्न अंगको रुपमा अघि बढाउन जिल्ला सह–सचिव पदमा आफूलाई अघि सारेको जोशीले बताए।

pm office

लोकतन्त्रका लागि मैले सम्पूर्णलाई सहयोग गर्दै आए । अब मलाई नेपाली कांग्रेसका सबै नेता तथा कार्यकर्ताले सहयोग गरिदिनुस भनेर म विनम्र अनुरोध गर्दछु, जोशीले भनेका छन्, राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेलाई पाखा लगाउनुपर्छ ।’ आस्था र निष्ठाका लागि लडेको छु ।

पार्टी संगठनलाई बलियो, असल र नेपाली कांग्रेसको विचारलाई समाजको अभिन्न अंगको रुपमा अघि बढाउन आफूलाई अघि सारेको जोशीले बताए। आफुले निर्वाचित भएसंगै समग्र क्षेत्रको विकाश, समृद्धि र जिम्मेवार काङ्ग्रेस बनाउन आफ्नो योगदान रहने बताउँदै सम्पुर्णलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

पार्टीलाई एकतावद्ध बनाएर जनतामा माझ लैजानका लागि र पार्टीलाई थप बलियो, चलायमान बनाउन र जिल्लाको विकास निर्माणका कार्यमा ध्यान दिन पनि आफ्नो उम्मेदवारी भएको जोशीले प्रतिक्रिया दिएका छन् ।

जोशी शैल्यशिखर नगरपालिका–७ का वडा अध्यक्ष समेत रहेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष जोशी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.