गोकुलेश्वर। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत डिलाशैनी गाउँपालिका गाउँकार्यसमिति सभापतिमा जयराज जोशी निर्वाचित भएका छन् । कृष्ण कुमार धामीलाई पराजित गर्दै जोशी सभापतिमा निर्वाचित भएका हुन्।

११५ मतदाता रहेकोमा ११३ मत खसेको थियो । ११३ मध्ये सभापतिमा निर्वाचित जोशीले ५५ मत र प्रतिद्धन्दी धामीले ४७ मत प्राप्त गरेका छन् । ११ मत बदर भएका छन् ।
यस्तै उपसभापतिमा शंकर बहादुर बिष्ट र राम नाथ सचिवमा शंकर दत्त पन्त र मदन नाथ ,सहसचिवमा दिला नाथ र बिक्रम कार्की निर्वाचित भएका छन्।



