गोकुलेश्वर। दार्चुला स्थायी घर भई हाल काठमाडौँमा बस्दै आएका अधिवक्ता कृष्ण महराले दुहुँका बाढी पहिरो पीडितका लागि आर्थिक सहयोग संकलन गरेका छन् ।

गत भदौ १३ गते राती भएको अबिरल वर्षा संगै आएको बाढी र पहिरोबाट प्रभावित पीडित नागरिकको सहयोगका लागी रकम संकलन गरेको प्रतिक्रिया दिएका छन् । सोसियल भोलेन्टियरस ग्रुप दार्चुला मार्फत अधिवक्ता महराले तीन लाख ९५ हजार बढी आर्थिक संकलन गरेको आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् ।
ग्रुपका संयोजक समेत रहेका अधिवक्ता महराको नेतृत्वमा देश तथा विदेशबाट ठुलो आर्थिक सहयोग प्राप्त भएको हो । संकलित रकम दुहुँ गाउँपालिका , वडा नम्बर २ र ५ लगायत सरोकारवाला अन्य निकायहरु संगको समन्वय बाढी पहिरो पिडितलाई हस्तान्त्रण गरिने उनले बताए। बाढी पहिरो पिडितका लागी आर्थिक सहयोग गर्नु हुने मनकारी प्रति अधिवक्ता महराले धन्यवाद समेत व्यक्त गरेका छन् ।



