गोकुलेश्वर। पुपवा न्युगिनी (पीएनजी) सँगको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपाली पुरुष टोलीले दुई सय ३४ रनको लक्ष्य दिएको छ । अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै दुई सय ३३ रन बनाएको हो ।

नेपालका लागि रोहित पौडेलले अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४५ रनको योगदान गरे । अलराउन्डर करण केसीले ४२ रनको उत्कृष्ट पारी खेले ।
४० ओभर ५ बलमा टिमको स्कोर एक सय ६६ हुँदा सोमपाल कामी आउट भएपछि सातौँ विकेटका लागि करण केसी क्रिजमा आएका थिए । उनले २६ बलमा दुई चौका र चार छक्काको मद्दतमा ४२ रनको योगदान गरेका हुन् ।



