No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको लेकम क्षेत्रकै प्रसिद्ध लटिनाथ मन्दिर जयपुरमा आज रात्री जात्रा लाग्दै

गोकुलेश्वर । दार्चुलाको लेकम क्षेत्रकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल लटिनाथ मन्दिर जयपुरमा आज कात्तिक शुक्ल नवमीका अवसरमा भव्य रात्रिकालीन जात्रा लाग्ने भएको छ।

लेकम गाउँपालिका–५ मा अवस्थित जयपुर मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल नवमीका दिन बृहत् जात्रा लाग्ने परम्परा रहिआएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको उक्त जात्रामा दर्शन तथा अवलोकनका लागि दार्चुला, बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतका विभिन्न क्षेत्रबाट भक्तजनहरू आउने गरेका छन्।

pm office

जात्रालाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा समेत कडाइ गरिएको छ। लेकम क्षेत्रमा सञ्चालन भइरहेका विभिन्न जात्रालाई लक्षित गर्दै प्रहरीले सुरक्षा चेकजाँचलाई तीव्रता दिएको छ।

जात्राको अवसरमा लेकम गाउँपालिकाले आज गाउँपालिकाभर स्थानीय सार्वजनिक बिदा दिएको छ। साथै, जात्रा स्थलमा जाँडरक्सीको सेवन तथा बिक्री वितरण र जुवातास खेल्ने तथा खेलाउने कार्य पूर्ण रूपमा निषेध गरिएको छ।

धार्मिक आस्था, परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको जयपुरको लटिनाथ जात्रा लेकम क्षेत्रकै महत्त्वपूर्ण धार्मिक उत्सवका रूपमा परिचित छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.