No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको लटिनाथ मन्दिर बन्तोलिमा आज रात्रीकालिन जात्रा लाग्दै

गोकुलेश्वर । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तिहारको रौनक सकिएसँगै परम्परागत रात्रिकालीन जात्राहरू सुरु हुन थालेका छन्। यसैक्रममा दार्चुलाको शैल्यशिखर नगरपालिका–७, बन्तोलीस्थित ऐतिहासिक लटिनाथ मन्दिरमा आज भाइटिकाको अवसरमा भव्य रात्रिकालीन जात्रा लाग्ने भएको छ।

हरेक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटिकाको दिनदेखि सुरु हुने यस जात्रामा स्थानीय भक्तजन तथा श्रद्धालुहरूको सहभागिता रहने गर्दछ। सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका विभिन्न शक्तिपीठ तथा देवस्थलहरूमा पूजाआजासहित रात्रिकालीन जात्रा मनाउने परम्परा रहँदै आएको छ।

pm office

बन्तोलीस्थित लटिनाथ मन्दिरसँगै दार्चुलाका विभिन्न स्थानमा रहेका लटिनाथ देवताका मन्दिरहरूमा समेत आजदेखि पूजाआजा तथा रात्रिकालीन जात्रा सुरु हुने भएको छ। शक्तिशाली देवताका रूपमा पूजिने लटिनाथको श्रद्धापूर्वक पूजा आराधना गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास स्थानीयवासीमा रहँदै आएको छ।

विशेषगरी दार्चुलाको लेकम क्षेत्रमा दशैँदेखि सुरु हुने जात्रा तथा धार्मिक मेलाहरू कार्तिक शुक्ल द्वितीय अर्थात् भाइटिकाबाट थप उत्साहका साथ अघि बढ्ने गर्दछन्। यस क्षेत्रमा लाग्ने विभिन्न जात्राहरू कार्तिक पूर्णिमाको दिनसम्म सञ्चालन हुने परम्परा रहेको छ।

धार्मिक आस्था, मौलिक संस्कृति र परम्परासँग जोडिएका यस्ता रात्रिकालीन जात्राले सुदूरपश्चिमको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.