No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

गोकुलेश्वर । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका –८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर आइतबार बिहान करिब १० बजे सानीगाड खोलामा दुर्घटनामा परेको हो ।

pm office

दुर्घटनामा परी सिगास गाउँपालिका –८ लुपुणका २५ वर्षीय लोकेन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

 

ट्याक्टर चालक भने फरार रहेको र उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्याक्टरमा चालकसहित दुई जना मात्र सवार थिए । दुर्घटनामा ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.