गोकुलेश्वरमा पार्किङ स्थल नहुँदा बजारको सुन्दरता माथि नै प्रहार !
अव्यवस्थित पार्किङले ट्राफिक प्रहरीलाई समेत व्यवस्थापनमा चुनौती
गोकुलेश्वर । बैतडीसँग सीमा जोडिएको दार्चुलाको गोकुलेश्वर बजारमा बसपार्क नहुँदा पार्किङको समस्या भएको छ ।

विगतमा नै सडक कालोपत्रे भएपनि पार्किङका लागि बसपार्क नहुँदा समस्या भएको गोकुलेश्वर बस काउन्टरका प्रमुख श्रीराम जोशीले बताए । ‘दार्चुलाको प्रमुख र एक मात्र प्रवेशद्धार भएको यस बजारमा दिनहु साना ठूला गरी सयौंको संख्यामा सवारी साधन चल्छन् तर सवारीसाधन पार्किङका लागि ठाउँ नहुँदा समस्या भएको छ । आएका गाडीहरू सडक छेउमै राख्नुपर्छ । यसले दुर्घटनाको जोखिम बढेको छ’, उनले भने । ‘सडकको दायाँ र बायाँ किनारमा जिप र बसहरू पार्किङ गरिएका हुन्छन् । मानिसलाई हिँड्नै अप्ठ्यारो छ’ उनले भने ।
पार्किङका लागि ठाउँ नहुँदा निजी सवारीसाधनहरूलाई झन् समस्या हुने गरेको छ । गोकुलेश्वरमा सवारीसाधन पार्किङका लागि बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा समस्या भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले बताए । ‘बसपार्क नहुँदा हामीलाई सवारीसाधन व्यवस्थापनमा निकै समस्या भएको छ’, उनले भने, ‘सडक किनारमा गाडी रोकेर राखिएको हुन्छ ।
सवारीसाधन पार्किङका लागि ठाउँ नहुँदा आफ्ना निजी सवारीसाधन लगेर जानेहरूलाई झन् समस्या हुने गरेको छ । बसपार्क नहुँदा गाडी धेरै बेरसम्म रोक्न नसकिने यातायात व्यवसायीहरुको गुनासो छ ।



