गोकुलेश्वर । दार्चुलाको गोकुलेश्वर स्थित ओमशान्ती बृद्धाश्रमलाई भैरव प्रसाद नेपालले भोजनको ब्यवस्था गरेका छन् ।

तार्केश्वर न.पा.वडा न.६ काठमाडौ बस्ने नेपालले छोरी सुक्ष्मा नेपाल (कोइराला )को जन्मदिनको उपलक्ष्यमा बृद्धाश्रमका बृद्ध असहाय जेष्ठ नागरिकहरुलाई आज भोजनको ब्यवस्था मिलाएका हुन ।

बृद्धाश्रमलाई सहयोग गरेकोमा ओमशान्ति बृद्धाश्रम गोकुलेश्वरका संरक्षक उत्तम बहादुर साउदले धन्यवाद ब्यक्त गरेका छ्न ।
हाल नेपाल जर्मनीमा बस्दै आइरहेका छन् ।



