No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको लेकम क्षेत्रकै प्रशिद्ध लटिनाथ मन्दिर जयपुरमा आज रात्री जात्रा लाग्दै

गोकुलेश्वर । दार्चुलाको लेकम क्षेत्रकै प्रशिद्ध लटिनाथ मन्दिर जयपुरमा आज रात्री  जात्रा लाग्ने भएको छ । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ स्थित जयपुरमा रहेको लटिनाथ मन्दिरमा आज रात्री जात्रा लाग्ने भएको हो ।

 

pm office

जात्राहरुलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न मदिरा र जुवातास निषेध गरिएको छ । जात्राको अवसरमा दार्चुलाको लेकम गाउँपालिकाले कात्तिक १३ गते बिहीबार स्थानीय सार्वजनिक बिदा दिएको छ ।

जयपुर मन्दिरमा विहिबार विहानै देखि पुजन जात्रा र राती भव्य जात्रा लग्ने गर्दछ। यो मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल नवमीका दिन जात्रा लाग्ने गर्दछ ।

मन्दिर ब्यवस्थापन समितिका अनुसार जात्रालाई व्यवस्थित रुपमा सम्पन्न गर्न मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षित र मर्यादित ढंगले कानून र आचारसंहिता पालना गरेर जात्रा मनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.